नेपाल अहिले भूराजनीतिक द्वन्द्वमा जान थालेको अनुभूति भइरहेको छ । किनभने कूटनीतिमा परिपक्वता र चातुर्यता नहुने हो वा त्यसमा विचार नगर्ने हो भने मुलुकलाई असजिलो पर्दै जान्छ । विश्वमा अमेरिका र चीनका बीचमा सुरुमा आर्थिक द्वन्द्व थियो, अहिले सामरिक द्वन्द्व पनि देखिन थालेको छ । यस्तै, अमेरिका र रुसका बीचमा पनि द्वन्द्व देखिएको छ । अमेरिकाले खासगरी चीनलाई ताइवान या हङकङमा या दक्षिण चीन सागरमा घेर्ने रणनीति बनाएको देखिन्छ । चीनको कमजोर कडी भनेको तिब्बत हो । ‘एक चीन नीति’ लाई अमेरिका, मित्र