रुसले आजदेखि आफ्नै मुद्रा रुबलमा भुक्तानी नगर्ने देशलाई ग्यास नदिने भएको छ । यसअघि धम्की मात्रै दिँदै आएको रुसले एउटा आदेश पारित गर्दै रुससँग मित्रवत् व्यवहार नदेखाउने देशहरुले ग्यास खरिदको लागि अनिवार्य रुपमा रुबलमै भुक्तानी दिनुपर्ने नियम लागू गरेको बीबीसीले जनाएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको आदेश अनुसार ग्यास खरिद गर्न चाहनेहरुले आजदेखि रुसी बैंकमा खाता खोलेर रुबल जम्मा गर्नुपर्नेछ । रुसको यो नियमपछि ग्यास खरिद गर्ने युरोपेली देशहरुलाई निकै ठूलो असर पर्नेछ भने युद्धका कारण कमजोर बन्दै गएको ...