पैसा बाँडेको आरोपमा ईश्वर पोखरेलको क्षेत्रबाट एमालेका प्रदेशसभा उम्मेदवार पक्राउ

 काठमाडौं : स्थिर समय (मौन अवधि) मा मतदातालाई पैसा बाँडेको आरोपमा काठमाडौं–५ को प्रदेशसभा ‘ख’ का उम्मेदवार दीपक निरौला पक्राउ परेका छन्। शुक्रबार साँझ मतदातालाई मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले निरौलासहित ३ जनालाई हात्तीगौंडास्थित युरो स्कुल नजिकैबाट पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा निरौलासहित बूढानीलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बूढानीलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदीप डंगोल छन्।काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत

सम्बन्धित सामग्री

एमाले उम्मेदवार पक्राउ प्रकरण : निर्वाचन अनुगमन समितिले छानबिन गर्ने

काठमाडौँ – मौन अवधिमा मतदातालाई पैसा बाडेको आरोपमा नेकपा एमालेका प्रदेशसभा उम्मेदवार पक्राउ परेको घटनालाई जिल्ला निर्वाचन अनुगमन समितिले छानबिन गर्ने भएको छ । उक्त घटनाको छानबिनका लागि निर्वाचन अनुगमन समितिलाई बोलाएको प्रहरीले जनाएको हो । मतदातालाई पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलासहित बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का […]

पैसा बाँडेको आरोपमा काठमाडौं ५ मा एमालेका प्रदेशसभा उम्मेदवार पक्राउ

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमालेका दुई जना नेतालाई प्रहरीले पक्राउ गरेको छ ।