इरानले सन् २०२० को नोभेम्बरमा शीर्ष आणविक वैज्ञानिक मोहसिन फखरीजादेहको हत्यामा संलग्न भएको आरोपमा १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । इरानको आणविक कार्यक्रममा आफ्नो भूमिकाका कारण अमेरिकी प्रतिबन्धको सामना गरिरहेका फखरीजादेहलाई तेहरानबाहिर उहाँको कारमा रहेका समय आक्रमण गरी हत्या गरिएको थियो । तेहरानका मुख्य अभियोजक अली सालेहीले १४ जनालाई अभियोग लगाइएको घोषणा गरे । सालेहीले भने, “उनीहरूमाथि स्वदेशी माटोविरूद्ध भ्रष्टाचार, यहूदी शासनका लागि जासूसीमा सहयोग पुर्याएको, राष्ट्रिय