नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले घोषणापत्र तयार गरेको छ । निर्वाचन आयोगले सनाखतका लागि बोलाएपछि हाल चन्द्रगिरीमा एकीकृत भएर बसेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले तयार गरेको घोषणापत्रमा पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद तय गरेको छ । मार्क्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैधानिक विश्वदृष्टिकोण र श्रमजिवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त भएको घोषणापत्रमा उल्लेख गरिएको छ ।
चन्दागिरीमा पार्टीका नेता कार्यकर्तालाई मंगलबा...