दुई अमेरिकी उच्च सैन्य अधिकारीले गत अगस्टमा अफगानिस्तानबाट सेना फर्किनुअघि २ हजार ५०० सैनिकलाई अफगानिस्तानमै राख्न सुझाव दिएको बताएका छन्। अफगानिस्तानबाट गत अगस्ट अन्त्यमा भएको अमेरिकी सैनिकको पूर्ण फिर्ती र त्यसक्रममा निम्तिएको गम्भीर अवस्थाबारे संसदीय सुनुवाइको क्रममा सैनिक अधिकारीले यस्तो बताएका हुन्। जनरल मार्क मिली र फ्रान्क म्याकेन्जीले २५ सय अमेरिकी सैनिक अफगानिस्तानमै बस्नुपर्ने सुझाव दिएको बताएका हुन्। संसदीय समितिमा दुई सैनिक जनरलले दिएको वयान र राष्ट्रपति जो बाइडेनको भनाइबीच