भक्तपुरको राधेराधेबाट गाडी चढेका शैलेन्द्र राना वीर अस्पताल अगाडि ओर्लिनुभयो । सरकारले तोकेको भाडा दरअनुसार त्यहाँसम्मको भाडा २३ रुपैयाँ हो, तर उहाँले २५ रुपैयाँ तिर्नुभयो ।
‘२ रुपैयाँ फिर्ता मागेको हो, सहचालकले छैन भन्यो’ उहाँले बढी भाडा तिर्नुपरेको बाध्यता सुनाउनुभयो, ‘कि तपाईँले चानचुन पैसा मिलाएर दिनुपर्यो हामीसँग त छैन भन्यो । मैले पनि कहाँबाट ल्याएर दिने हो र!’
अर्का यात्री प्रेम तामाङ भने बनेपादेखि आउनु भएको हो । उहाँसँग सहचालकले पहिले नै ६० रुपैयाँ लियो । उहाँलाई पनि...