समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए उम्मेदवारको बन्दसूची

प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो । आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ ।प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन् । तीमध्ये ६८ दलले  समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए ।प्रदेशसभातर्फ  प्रदेशतर्फ सात प्रदेशमा २ सय ३८ दलले बन्दसू

सम्बन्धित सामग्री

चुनावी घोषणापत्रको अन्तिम गृहकार्यमा दलहरू

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दल घोषणापत्र लेखनको आन्तरिक गृहकार्यमा जुटेका छन् । दसैं सकिनेबितिकै घोषणापत्र सार्वजनिक गर्ने उनीहरूको तयारी छ । समानुपातिकतर्फ बन्दसूची बुझाइसकेका राजनीतिक दल त्यसमा सच्याउँदै प्रत्यक्षतर्फ सिट बाँडफाँट र टिकट वितरणको अन्तिम गृहकार्यमा जुटेका छन् । टिकट बाँडफाँट र वितरण सकिएर घोषणापत्र सार्वजनिक […] The post चुनावी घोषणापत्रको अन्तिम गृहकार्यमा दलहरू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ४९ दलले प्रतिस्पर्धा गर्ने

प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ दलले प्रतिस्पर्धा गर्ने भएका छन्। ५५ दलले समानुपातिकतर्फको सूचीबुझाउन टोकन लिएका भएपनि ४९ दलले बन्द सूची निर्वाचन आयोगमा बुझाएका हुन्। थ्रेसहोल्डको व्यवस्थापछि समानुपातिक निर्वाचनमा सहभागी हुने दलको संख्या घटेको हो। कतिपय दलहरू ठूला दलहसँग मिलेका छन्।जसका कारण निर्वाचनमा सहभागी हुन निवेदन दिएका ८८ राजनीतिक दल घटेर निर्वाचनमा आइपुग्दा ४९ भएका हुन्। केही राजनीतिक दलले भने प्रदेशको समानुपातिकमा मात्र सूची बुझाएका छन्। तर, निर्वाचन आयोगले कुन प्रदेशमा कति दल समानुपातिकतर्फको निर्वाचन प्रणालीमा सहभागी हुनेछन् भन्ने टुङ्गो लगाइसकेको छैन। समानुपातिक निर्वाचन प्रणालीमा दलले प्राप्त गरेको मतका आधारमा उसले बुझाएको बन्दसूचीका उम्मेदवार सांसद बन्न सक्छन्।यसपटकबाट निर्वाचनमा ३प्रतिशत थ्रेसहोल्ड र प्रत्यक्षमा एक सिट नजिते दलहरूले बन्दसूचीमा रहेका उम्मेदवारलाई सांसद बनाउन पाउने छैनन्। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ४९ दल प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्द सूची बुझाएको सेतोपाटीलाई बताए। यसअघि निर्वाचन आयोगमा दर्ता रहेका नेपाल परिवार दल नेकपा एमालेमा मिलेको छ। उसले एमालेबाटै समानुपातिक सूची बुझाएको छ।त्यस्तै दुई चुरेभावरनामका पार्टीमध्ये चुरेभावर राष्ट्रिय एकता पार्टी एमालेमा र चुरेभावर लोकतान्त्रिक पार्टी कांग्रेससँग मिलेका छन्। संघीय समाजवादी फोरम लोकतान्त्रिक कांग्रेसमा मिसिएको छ। संसदमा रहेको राष्ट्रिय अखण्ड पार्टीका कुमार खड्का कांग्रेसमा मिसिएका छन्। त्यस्तै, नेकपा संयुक्त नेकपा माओवादी केन्द्रमा मिसिएको छ। साना दलहरू ठूला पार्टीमा मिसिएकै कारण निर्वाचनमा समानुपातिकतर्फको सूची बुझाउने दलको संख्या घटेको हो। प्रमुख राजनीतिक दलहरूले बन्दसूची राती अबेर बुझाएका थिए। बन्दसूचीमा रहेका उम्मेदवारकहरू कल्ष्टर मिलाउनुपर्ने तथा प्रदेशगत आधारमा छुट्टाछुट्टै सूची बुझाउनुपर्ने भएपछि दलहरूले राती अबेरसम्म सूची बुझाएका थिएनन्। नेकपा एमालेले बिहान ४ बजे मात्र सूची बुझाएको थियो। फोरम लोकतान्त्रिक र काँग्रेसले भने दुवै पार्टीको एकता र सूची मिल्न बाँकी रहेको थियो। जसका कारण समानुपातिकतर्फको सूची तयार गर्नै ढिलाई भएकोथियो।