हेटौंडा : वडाध्यक्ष कार्यालयमा बसेर काम नगरेको भन्दै सरोकारवालाले हेटौंडा उपमहानगरपालिका–८ को वडा कार्यालयमा विरोध प्रदर्शन गरिएको छ। वडाध्यक्ष गोपालबहादुर श्रेष्ठ कार्यालयमा नबसेर सेवाग्राहीको बेवास्ता गरेको भन्दै उनी बस्ने कुर्सी सडकमा ल्याएर प्रदर्शनी गरिएको हो। सत्ता गठबन्धनमा रहेका दलहरूको नेतृत्वमा स्थानीय युवाले वडाध्यक्ष बस्ने कुर्सी सडकमा ल्याएर विरोध गर्नुका साथै वडा कार्यालयमा तालाबन्दी पनि गरेका छन्।वडाध्यक्ष श्रेष्ठले सेवाग्राहीको काममा ढिलाइ गर्ने, दुःख दिने, दिनभर काम