सिद्धार्थ बैंकले पायो कर्पोरेट एक्सेलेन्स अवार्ड

सिद्धार्थ बैंक लिमिटेडले ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२२’ प्राप्त गरेको छ । कर्पोरेट क्लब

सम्बन्धित सामग्री

कर्पोरेट क्लबले गर्‍यो सिद्धार्थ बैंकलाई सम्मान

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘the HRM Awards for Corporate Excellence 2022’ अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ‘HRM – Corporate Excellence in Financial Institution’ को विधामा उक्त अवार्डबाट सम्मान गरिएको हो ।

कर्पोरेट क्लबले गर्‍यो सिद्धार्थ बैंकलाई सम्मान

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ‘the HRM Awards for Corporate Excellence 2022’ अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई ‘HRM – Corporate Excellence in Financial Institution’ को विधामा उक्त अवार्डबाट सम्मान गरिएको हो । १४ पुसमा आयोजना गरिएको उक्त अवार्ड सिद्धार्थ बैंकका मानव संसोधन तथा […]

विश्वकपमा कर्पोरेट नजर

विश्वकप फुटबलमा आइतबार फाइनल हुँदैछ। प्रतियोगिताको बहुप्रतिक्षित फाइनललाई विभिन्न क्षेत्रका व्यक्तिहरूले आ-आफ्नो तरिकाले हेर्ने तयारी गरिरहेका छन्। यस्तोमा कर्पोरेट क्षेत्रका केही प्रतिनिधि आवाजहरू हामीले यहाँ प्रस्तुत गर्दैछौँ। मेसीको लागि यो विश्वकप जितोस् भन्ने चाहन्छु: अवशिश ओझा (म्यानेजर, सिद्धार्थ बैंक) विश्वकप स्कुल पढ्दादेखि नै विश्वकप हेरेको याद आउँछ। जतिबेला ब्राजिलको क्रेज थियो। त्यो समयमा म ब्राजिलको […]

नेप्सेमा सुचिकृत २२ कम्पनीको साधारणसभा आज हुदै (सूचीसहित)

पुस महिनाको अन्तिम दिन आज ३० गते शुक्रबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २२ कम्पनीले साधारणसभा गर्दै छन् । आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सम्पन्न गरि सक्नु पर्ने प्रावधानको कारण पुस अन्तिम साताको लागि धेरै कम्पनीले साधारणसभा आह्वान गरेका छन् ।आज खानी खोला हाइड्रो, छ्याङदी हाइड्रो, कालिका पावर, सेन्चुरी कर्मर्शियल बैंक, मैलुङ खोला हाइड्रो, मल्टीपर्पस फाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, सिभिल बैंक, जनउत्थान सामुदायिक लघुवित्त, हिमालयन पावर पार्टनर, हिमालयन बैंक, सानिमा जनरल इन्स्योरेन्स, नबिल बैंक, रिलायन्स फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, आरएमडिसी लघुवित्त, कालिका लघुवित्त , आँधीखोला लघुवित्त, सिद्धार्थ बैंक, र सेन्ट्रल फाइनान्सले सभा गर्न लागेका हुन् ।कतिपय कम्पनीले आफ्नो साधारणसभा भर्चुअल रुपमा गर्नेछन् । सरकारले कोरोना रोकथाम र नियन्त्रण सम्बन्धमा नयाँ आदेश जारी गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कनै पनि किसिमको मेला. भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्ने, नगराउने निर्देशन दिएपछि कम्पनीहरुले भर्चुअल साधारणसभाको बाटो रोजेका हुन्  । यस अघि हिजो पुस २९ गते बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत १५ वटा कम्पनीले साधारणसभा गरेका थिए । हिजो चन्द्रागिरी हिल्स, कृषि विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, मिथिला लघुवित्त, बरुण हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, सामुदायिक लघुवित्त, मिर्मिरे लघुवित्त, गुडविल फाइनान्स, माउन्टेन हाइड्रो, मानुषी लघुवित्त, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, मन्जुश्री फाइनान्स, एनसीसी बैंक , र नारायणी  डेभलपमेन्ट बैंकले साधारणसभा गरेका थिए ।  नेप्सेमा सुचिकृत नभएको राष्ट्रिय वाणिज्य बैंक र नेप्से आफैले पनि हिजो साधारणसभा गरेको थियो ।

सिद्धार्थ बैंकबाट वान लिंक पेमेन्ट सर्भिस सुरू

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको वान लिंक नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ बैंक लिमिटेडबाट सुचारु भएको छ ।यो सेवा सुचारु भएसँगै अब ग्राहकहरुले विना कुनै मेजर इन्टिग्रेसन एउटा लिंकबाटै पैसा तिर्न तथा पाउन सक्नेछन् ।कम्पनीका अनुसार सानादेखि ठूला व्यापारी लगायत बिजनेस तथा कर्पोरेट हाउसहरुले वान लिंकबाट ग्राहकलाई एसएमएस अथवा इमेल, ह्वाट्सएप, भाइबरलगायतको उपयोग गरी पेमेन्ट […]

नेपाल पेमेन्ट सोलुसन्स्को 'वान लिंक' पेमेन्ट सर्भिस सिद्धार्थ बैंकबाट सुचारु

नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. को “वान लिंक” नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ बैंक लिमिटेडबाट सुचारु भएको छ । यो सेवा सुचारु भएसँगै अब ग्राहकहरुले विना कुनै मेजर इन्टिग्रेसन एउटा लिंकबाटै पैसा तिर्न तथा पाउन सक्नेछन् । कम्पनीका अनुसार साना देखि ठुला ब्यापारी लगायत बिजनेस तथा कर्पोरेट हाउसहरुले “वान लिंक” बाट आफ्नो ग्राहकहरुलाई एस्. एम्. एस्. अथवा इमेल लगायत अन्य संचारको माध्यमहरु जस्तै व्हाट्सएप, भाइबर आदिको समेत उपयोग गरी पेमेन्ट लिंक पठाएर सजिलै पैसा उठाउन सक्ने भएकाले यसले रकम भुक्तानी तथा प्राप्त गर्ने पक्रियालाई अझ सहज बनाउछ । यहाँ, यसले एम्बैंकिङ्ग सँगसँगै परम्परागत भुक्तानी प्रक्रियाको पनि अन्त्य गर्छ । कम्पनीले भनेको छ 'परम्परागत भुक्तानी सेटअपमा फर्केर हेर्दा, ग्राहकहरूलाई म्यानुअल विवरणहरू मार्फत एउटै भुक्तानी माध्यम प्रयोगको विकल्प उपलव्ध गराइन्थ्यो । यद्यपि, “वान लिंक” मार्फत, ग्राहकहरूले नेपालमा उपलब्ध सबै भुक्तानी माध्यम जस्ता इ–बैंकिङ्ग, एम्बैंकिङ्ग, आइपीएस् कनेक्ट, कार्ड भुक्तानी र वालेट भुक्तानीहरूको  विकल्प पाउन सक्छन् ।' अहिले, सिद्धार्थ बैंकले सुरुमा क्रेडिट कार्डको बिल भुक्तानीका लागि यो सेवा सुरु गरे पनि, पछि, यसबाट ऋणको इएम्आई भुक्तानी गर्न मिल्ने सेवा पनि समेट्ने कम्पनीले जनाएको छ ।  नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस््पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसन्स्ले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ । समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ४० भन्दा बढि बैंक, ५० भन्दा बढि रेमिट्यान्स कम्पनी र २० भन्दा बढि वालेटहरु लाई जोड्दै अघि बढिरहेको छ ।