नेपालमा मात्र होइन विकसित मुलुकहरूमा समेत क्यान्सरको उपचार जटिल र महँगो भइरहेको छ । फरक यति मात्र हो कि प्राय सबै विकसित मुलुकहरूमा सम्पूर्ण खर्च स्वास्थ्य बीमाद्वारा गरिन्छ भने हामी कहाँ स्वास्थ्य बीमा पूर्णरूपमा स्थापित भइसकेको छैन ।नेपाल सरकारले क्यान्सर बिरामीहरूको लागि आर्थिक श्रोतले भ्याएसम्म विपन्न राहत कोष खडा गरेको छ र स्वास्थ्य बीमालाई प्रोत्साहन गरिराखेको छ । त्यसैगरी केही प्रदेश सरकारहरूले आफ्नो प्रदेशका नागरिकको लागि क्यान्सर उपचारमा थप आर्थिक सहयोग दिने नीति लिएका छन् ।त्यतिले नपुग