काठमाडौं : नेकपा (एमाले)ले आफ्ना सांसदलाई शिष्ट भएर संसदमा विरोध प्रदर्शन गर्न ध्यानाकर्षण गराएको छ। शनिबार बसेको स्थायी कमिटी बैठकले पारित गरेको प्रस्तावबारे जानकारी दिँदै प्रचार विभाग प्रमुख योगेश भट्टराईले संसदीय मूल्य मान्यताभित्र रही मर्यादित र शिष्ट संस्कृतिभित्र बसेर विरोध जनाउन ध्यानकर्षण गरेको बताए। पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले सत्तापक्षको प्रतिनिधि जस्तो बनेर भूमिका निर्वाह गरेको आरोपमा संसदमा विरोध जारी राखेको छ। ‘हाम्रो यो विरोध संसदीय