तेस्रो लिङ्गीमाथि भएको दुर्व्यवहारप्रति अधिकारवादी संस्थाहरूको आपत्ति

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कमा प्रहरीले तेस्रो लिङ्गी व्यक्तिहरूलाई बिना कारण पक्राउ गरी यातना दिएको भन्दै अधिकारवादी संस्थाहरूले आपत्ति जनाएका छन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ र निल हीरा समाजले संयुक्त विज्ञप्ति जारी गरी बिहीबार राति प्रहरीबाट भएको दुर्व्यवहारको भर्त्सना गर्दै छानबिनको मागसमेत गरेका छन् ।

सम्बन्धित सामग्री

सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार, सल्लाहबिना सिफारिस गरेकोमा आपत्ति

दक्षिण कोरियाको राजदूतका लागि सिफारिस भएका मानव अधिकारवादी नेता सुशील प्याकुरेलले बिना सल्लाह आफ्नो नाममा निर्णय भएको भन्दै प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।

महिलामाथि अभद्र व्यवहार गरेको भन्दै स्थापितलाई कारबाहीको माग

केही दिनअघि नेशनल कलेजमा काठमाडौं महानगरपालिकाका प्रमुखका उम्मेदवार केशव स्थापितको अभिव्यक्तिलाई लिएर महिला अधिकारवादी चार दर्जन संघसंस्थाले आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन् । कार्यक्रममा एक युवतीले केशव स्थापितले आफ्नै महिला कर्मचारीलाई यौन हिंसा गरेको र त्यस्तो मान्छेलाई कुर्सीमा बस्न नसुहाउने टिप्पणी गरेपछि स्थापित आक्रोशित हुँदै आरोप लगाउँदैमा नहुने प्रमाणित हुनुपर्छ भन्दै चर्किनुभएको थियो । …

केशव स्थापितलाई कारबाही गर्न ४५ अधिकारवादी संस्थाको माग

१७ वैशाख, काठमाडौं । काठमाडौंका मेयरका उम्मेदवार केशव स्थापितको अभिव्यक्तप्रति महिला मानवअधिकार संघ संस्थाहरूले आपत्ति जनाएका छन् । एक सार्वजनिक कार्यक्रममा एमालेबाट मेयरको उम्मेदवार बनेका स्थापितले प्रश्नकर्ता युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका हुन् । ‘…‍यस्ता असम्वेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने, सार्वजनिक स्थानमै […]