नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पार्टीको महिला संगठनले गरेको कार्यक्रममा महिला मुक्तिको मात्र कुरा गरेनन् । उनले आफ्नो दलको विरुद्धमा अदालत, सभामुख सरकार मात्र नभई निर्वाचन आयोगसमेत लागिपरेको आरोप लगाए । ओलीले आयोगलाई यस्तो आरोप लगाउनुको कारण थियो, आयोगले आगामी चुनावमा हरियो रङको चुनाव चिन्ह छाप्ने निर्णय । आयोगको सो निर्णय आफ्नो दललाई मान्य नहुने र त्यसबारे निर्वाचन आयोगसँग छलफल गर्ने ओलीले बताएका थिए । ओलीको यो टिप्पणीको आयोगले प्रत