‘धर्मग्रन्थ’ देखाएर ठगेको आरोपमा काठमाडौंको आरुबारीबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–८ बाट नुवाकोटका आशिष तामाङ र भोजपुरका रजिन राईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए ।२० वर्षीय आशिष र ३० वर्षका रजिनले उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका हेम प्रकाश मगरलाई ३ करोडमा विक्री हुने ‘बौद्ध ग्रन्थ’ भनेर १३ लाख ७९ हजार नगद लिएका थिए ।‘लोभमा परेर हेम प्रकाश मगरले सो ग्रन्थ राखेर पैसा दिएको