काठमाडौं : सर्वाेच्च अदालतकाे कायममुकायम प्रधानन्यायाधीशकाे जिम्मेवारी दीपककुमार कार्कीले सम्हाल्ने भएका छन्।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेपछि वरिष्ठतम्का आधारमा कार्कीले कायममुकायमकाे जिम्मेवारी सम्हाल्ने भएका हुन्।नेपालको संविधानको धारा १०१(२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका हुन्।नेपालको संविधानको धारा १०१ को उपधारा (६) मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि यसको अन