नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो संसद विकासको बाधक भएको कारणले संविधानको अधिकारलाई प्रयोग गरेर आफूले नयाँ जनमतका लागि संसद विघटन गरेको बताएका छन् । विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्ष पार्टीबाट बाहिरिएपछि मात्र संवैधानिक नियुक्त गर्न सफल भएको दावी गरे । उनले प्रचण्ड–माधव नेपाल पक्षतिर लागेहरु आफूतिर फर्किन लागेको पनि बताए । जसअनुसार आजमात्रै शेरबहादुर तामाङ र उषाकला राई