काठमाडौं : जिल्ला सहकारी संघ काठमाडौं लिमिटेड, तारकेश्वर नगर उप–समितिले ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा स्थानीय तहमा सहकारीको महत्वको बारेमा छलफल गरेको छ।
नेपालटारस्थित एक पार्टी प्यालेसमा बुधबार आयोजित कार्यक्रममा तारकेश्वर नगरपालिकाभित्रका संगठित सहकारी, काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कुन), जिल्ला सहकारी बैंक, जिल्ला सहकारी संघ लिमिटेड, नगर सहकारी शाखा, राष्ट्रिय सहकारी बैंक लगायतका सम्बद्ध संस्था तथा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमम...