वार्षिक ३६ क्विन्टल मह बेचेर १८ लाख आम्दानी

सर्लाही । सर्लाहीका एक मह किसान वार्षिक ३६ क्विन्टल मह बेचेर १८ लाख आम्दानी गर्न सफल भएका छन् । सर्लाही...

सम्बन्धित सामग्री

माछापालनबाट मनग्य आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ७ पिताम्बरका हिक्मत चौधरीले माछापालन गरेरै मनग्य आम्दानी लिँदै आएका छन् । चौधरीले माछा र भुरा बेचेर वार्षिक ८  लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन् ।       दुई बिघामध्ये एक बिघा जग्गामा निर्माण गरिएका चार वटा पोखरीमा उनले माछापालन गर्दै आएका छन् । उनका अनुसार तीन वटा पोखरीमा भुरा र एउटा पोखरीमा माछा उत्पादन गरी बेच्ने गरिएको छ । तीन वर्षदेखि व्यावसायिक माछापालनमा लागेका चौधरीले पोखरी निर्माणमा ३  लाख खर्च गरेको बताए । माछाका भुरा र दाना खरिदका लागि २ लाख ५० हजार खर्च लाग्ने गरेको छ । हालसम्म पाँच क्विन्टल माछा १ लाख ५० हजारमा बिक्री गरेको उनको भनाइ छ । माछाका भुरा भने ५ लाखका बिक्री भइसकेका छन् ।       ‘मत्यस्यपालन केन्द्र गेटाबाट माछाका ह्याच (भुरा) लिएर आउँछौं’, चौधरीले भने, ‘पोखरीमा केही दिन हुर्काएर फिंगर साइजका बनाएर माछापालक किसानलाई बिक्री गर्दै आएका छौं ।’ चौधरीले पोखरीमा हुर्काएका माछाका भुरा कञ्चनपुरदेखि कैलालीसम्म बिक्री हुने गरेको छ । खाने माछा स्थानीय बजारमै खपत हुने गरेको छ । माछा र माछाका भुरा पोखरीबाटै व्यापारीले आएर नगदमै खरिद लग्ने गरेका छन् । ‘पहिला ९ वर्षअघिदेखि परम्परागत तरिकाले एउटा पोखरीमा मात्रै माछापालन गर्दै आएका थियौं’, उनले भने,‘घरमा खानका लागि पनि मुस्किल हुन्थ्यो । माछा हुर्कंदैनथ्यो । केही हुर्के पनि पोखरीमै मर्ने गरेका थिए ।’ माछापालनका आधुनिक तरिका सिकेपछि हाल माछाको उत्पादन बढाउन सकिएको उनको भनाइ छ । रासस

घाँसको बीउ बेचेर आम्दानी

यो त हामीले सपनामा पनि कल्पना गरेका थिएनौं । ६२ वर्षीय जयबहादुर धामी आफैंले गरेको घासँखेतीबारे अनुभव सुनाउँछन् । “मैले अहिले १० क्विन्टल जै घाँस (ज्वाँतो) को बीउ उत्पादन गरेको छु, एक क्विन्टलको ५ हजारको हिसाबले यस वर्ष ५० हजार आम्दानी हुनेभयो,” उनले भने । नवदुर्गा गाउँपालिका–३ डाँडावन निवासी उनले २०६८ सालमा पहिलो पटक जै घाँस लगाएका थिए । “सुरुको वर्ष मलगायत चारजनाले जिल्ला पशुसेवा कार्यालयले दिएको घाँसको बीउ लगायौं , त्यो वर्ष ढेड क्विन्टल फल्यो,” उनले भने, “दोस्रो वर्ष साढे तीन क्विन्टल र तेस्रो वर्ष सात क्विन्टलसम्म फलायौं ।”