दिउँसो घाम लागे पनि बिहान बेलुका चिसो बढ्ने

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राती देशका केही भूभागमा मौसम बदली हुनुका साथै […]

सम्बन्धित सामग्री

बदलियो मौसम, बढ्यो चिसो

काठमाडौं, पुस ८ । सधैँजसो काठमाडौँका अधिकांश स्थानमा बिहान ७ः३० बजेसम्म घाम झलमल्ल भइसक्थ्यो। बिहीबार बिहान भने घाम लागेन। घाम निस्केपछि निस्कन्छु भनेर प्रतीक्षा गर्नेको धैर्यको बाँध टुट्यो तर पनि घाम देखिएन। हिउँदे यामका दिन अघि बढ्दै गर्दा चिसो बढ्ने अनुमान सबैले नगरेका होइनन् तर बुधबारसम्मको सामान्य चिसो बिहीबार एक्कासि अत्यधिक चिसो दिनमा बदलिन्छ भन्ने […]

पश्चिम तथा मध्य तराईका केही ठाउँमा हल्का हुस्सु र कुहिरो

काठमाण्डाै - देशका पश्चिम तथा मध्य तराईका केही ठाउँमा हल्का हुस्सु र कुहिरो लागेको छ । अरु ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ । पश्चिम तथा मध्य तराई क्षेत्रमा अहिले बिहानीपख लागेको हुस्सु र कुहिरो पनि घाम लागेसँगै क्रमिक रूपमा घट्दै जानेछ । तापक्रम घट्दै जानेक्रम रहेकाले चिसो बढ्ने र चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

देशभर चिसो बढ्दै : न्यानो हुन आगो तथा हिटर बाल्दा सावधानी अपनाउन आग्रह

काठमाण्डाै -  देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा  सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ । यसले गर्दा दिउँसाेको समयमा गर्मी हुने गरेको छ । तर, बिहान र बेलुका भने चिसो बढ्दै भएको छ । काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको न्यूनतम तापक्रम आज ६ दशमलव...

नेपालबाट मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु : केही ठाउँमा हल्का कुहिरो

काठमाण्डौ - नेपालबाट मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु भएको छ ।  दिउँसो चर्को घाम लागेको बेला गर्मी नै भए पनि बिहान बेलुका भने चिसो हुन थालेको हो । न्यूनतम र अधिकतम तापक्रम अब बिस्तारै घट्दै जाने र चिसो बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्‍जु बासीले जानकारी दिनुभयो ।  काठमाण्डौ उपत्...