राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिरमा हुने निर्वाचन आवधिक र सामान्य चुनावमात्रै नभएको बताएका छन् । बुधबार राष्ट्रियसभा गृहमा रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याउँदै अध्यक्ष लिङ्देनले आगामी निर्वाचन तीन दशकदेखि सिमित नेताहरूको बन्धकबाट मुक्त गर्ने अवसर पनि भएको बताए । रवीन्द्र मिश्र राप्रपामा जोड्न सक्नु आफ्ना लागिमात्रै नभएर सर्वधर्म र संघीयता खारेजी पक्षधरका लागि खुसीको दिन भएको भन्दै उनले राप्रपा आगामी निर्वाचनमा ठुलो पार्टी मात्रै नभएर पहिलो पार्टी बन्न सक्ने बताए । &l