स्थानीय निर्वाचन नजिकिँदै गर्दा बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले आफ्नो विरासत जोगाउला कि गुमाउला भन्नेबारे चर्चा हुन थालेको छ । हाल बुटवल उपमहानगरको नेतृत्व नेकपा एमालेको हातमा छ । तर पार्टी विभाजन भइसकेका कारण आसन्न निर्वाचनमा एमालेलाई कस्तो असर पर्ला भन्नेबारे लेखाजोखा हुन थालेको हो ।लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलको नगर प्रमुखमा कुन दलले जित हात पार्ला भन्नेमा धेरैले चासो राखेका छन् । एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको क्षेत्रसमेत रहेको बुटवलमा आफ्नो विरासत