काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज शेयर बजार ६९ अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६९ अंकले बढेर दुई हजार ९ सय २६ दशमलव ७४ बिन्दुमा पुगेको हो ।
आज कारोबार भएका कम्पनीमध्ये एक सय ६७ वटाको मूल्य बढेको छ । १६ वटाको घटेको छ । ६ वटाको मूल्य स्थिर रह्रयो । आज उत्पादन तथा प्रशोधन समूहको सूचक ४ सय ९ अंकले, जीवन बीमा तीन सय ८९ र निर्जीवन बीमा दुई सय ६६ अंकले बढेको छ ।
त्यस्तै विकास बैंक समूह एक सय ४३ अंकले, ब्यापार समूह झण्डै ८० अंकले, जलविद्युत् ७५, फाइनान्स साढे ५६ अंकले, होट...