हिरासत फोडेर ६ जना थुनुवा फरार हुँदा पनि प्रहरी वेखवर
धनुषामा प्रहरी हिरासतबाटै ६ जना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट उनीहरु फरार भएका हुन् ।
फरार मध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना ...
नेपालगञ्ज- बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडपपछि नौ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरु कहाँका हुन् र कहिलेदेखि बाल सुधार गृहमा थिए भन्ने विषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार फरार रहेका सबैको खोजी गर्न प्रहरी परिचालन गरिएको […]
धनगढी, भदौ १२ । कञ्चनपुरमा प्रहरीकै हिरासतबाट एक थुनुवा फरार भएका छन्। बुधवार राति ८ः३० बजे कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएका हुन्। प्रहरीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय विरेन्द्र बडायक प्रहरी हिरासतबाटै भागेका हुन्। बडायक ईलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भई मिति साउनको १९ गतेदेखि […]
काठमाडौँ,१५ फागुन । धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै थप एक थुनुवा प्रहरी नियन्त्रणबाट फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेका एक थुनुवा प्रहरी भ्यानबाट हाम फालेर फरार भएका छन् । जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका–१३, किरतपुरका राजाबाबु मुखिया आइतबार […]
३ फागुन, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका दुई थुनुवा अझै पक्राउ पर्न सकेका छैनन् । पुस १५ गते राति हिरासत फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये योजनाकारसहित चारजनालाई प्रहरीले एक साताभित्रै पक्राउ गर्न सफल भएको थियो । तर, दुई सात्ता बित्दासमेत हातहतियार तथा खरखजाना […]
प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा रहेका थुनुवा प्रहरीको घेरा तोडेर भागेका छन् । बुधवार दिउँसो लागुऔषध मुद्दामा थुनामा रहेका भारतिय नागरिक सचिन कुमार भागेका हुन् ।१९ वर्षका सचिन कुमारलाई म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराएको अवस्थामा भागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । फरार थुनुवाको खोजीमा काठमाडौं उपत्यकामा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।पुस १ मा काठमाडौंको बागबजारबाट नियन्त्रणमा लिएपछि झापाको तोपगाछी नगरपालिका–१ घर भएका ४० वर्षीय राजेन्द्र
काठमाडौंमा प्रहरीको गाडीबाट हामफालेर एक जना थुनुवा फरार भएका छन् । प्रहरीको नियन्त्रणमा रहेका थुनुवा निर्मल परियार काठमाडौंको न्युरोड गेटबाट भागेका हुन्
प्रहरीको नियन्त्रणमा रहेका थुनुवा काठमाडौंको न्युरोड गेटबाट भागेका छन् । जबर्जस्ती करणी मुद्दामा महानगरीय प्रहरी वृत जनसेवाको नियन्त्रणमा रहेका निर्मल परियार भागेका हुन् ।पीसीआर परीक्षण गराउन वीर अस्पतालमा लैजाँदै गर्दौ न्युरोड गेटमा गाडीबाट हामफालेर उनी भागेका हुन् । परियार स्याङ्जाका हुन् । फरार थुनुवाको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) अशोक सिंहले रातोपाटीलाई बताए ।
सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षबाट लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरणमा तीन जना प्रहरी निलम्बनमा परेका छन् ।
थुनुवा फरार रहेका बेला ड्युटीको जिम्मेवारीमा रहेका प्रहरी सहायक निरीक्षक, हबल्दार र...
इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ः ०० बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् । प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।यसैबीच सिराहा प्रहरीले विगत दुई साताको अवधिमा कर्तव्य ज्यानसहि
महोत्तरी। म्याद थपका लागि ल्याइएका एक जना थुनुवा आज महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन्। इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालकाअनुसार लागु औषध मुद्दामा पक्राऊ परेका गौशाला नगरपालिका–४ बस्ने १५ वर्षीय कमलेश साहलाई प्रहरीले आज म्याद थपका लागि लगिएकोमा उनी महोत्तरी जिल्ला अदालतबाटै फरार भएका छन्। शौचालय गएका साह पर्खाल नाघेर भागेको बताइएको छ।