घोराही : जनवादी गायक जीवन शर्माले भाषण गर्नेहरूले गीत गाउनेलाई वास्ता नगरेको गुनासो गरेका छन्।उनले गणतन्त्र प्राप्तिका लागि जनवादी गायक, गीतकार, संगीतकार, कवि, लेखक, कलाकारको ठूलो योगदान भए पनि अहिले भाषण गर्न सक्ने नेताहरूको मात्रै चर्चा भएको बताए।उनले भने, ‘सबैभन्दा सुन्दर र शक्तिशाली सिर्जना गर्ने जनवादी कलाकारहरू हेपिएका छन्। जसले स्वतन्त्रता र समाजका लागि गीत गायो। गणतन्त्रका प्राप्तिका लागि एउटा हातमा किताब र अर्को हातमा बन्दुक बोक्यो। उसको यो गणतन्त्रमा अस्तित्व रहेन। फरक