काठमाडौं : मनसुनी वायुको प्रभाव रहेकाले आज देशका अधिकांश स्थानरुमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ प्रदेश १, बागमाती र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भीषण वर्षा हुने र पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदी तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभरको मौसम