गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मतका लागि आग्रह गरेका छन् । विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठकमा बोल्दै उनले सरकार गठन भएको छोटो समयमा नै बजेट ल्याउनुपर्ने बाध्यताका बीच हतारमा विकास, सुशासन र समृद्धिका योजना समेटेर बजेट ल्याएको बताए । उनले छोटो समयमा पेश गरेको बजेटमा गण्डकी प्रदेशमा महिलाहरुको पाठेघर (सरभाइकल) क्यान्सरको निःशुल्क शल्यक्रिया गर्ने योजना ल्याएको बताए । उनले प्रदेश अन्तर्गतका प्रत्येक जिल्ला अस्पतालहरुकै स्तरोन्