भर्चुअलमार्फत प्रोटोन एक्स७० सार्वजनिक गर्दै जगदम्बा मोटर्स

काठमाडौं (अस) । जगदम्बा मोटर्सले मलेसियन अटोमोबाइल गाडी प्रोटोन एक्स७० आउँदो वैशाख १५ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । भर्चुअल लञ्च कार्यक्रमपछि प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जानकारी गराएको छ । भर्चुअल लञ्च कार्यक्रममा सहभागिता जनाउनेलाई जगदम्बा मोटर्सले विभिन्न आकर्षक उपहार दिइने बताएको छ । प्रोटोन अटोमोबाइलले १९८५ मा प्रोटोन साँगाको रूपमा आफ्नो पहिलो कार  बजारमा ल्याएको थियो । प्रोटोनका गाडी  हाल संसारका ७० भन्दा धेरै मुलुकमा उपलब्ध रहेको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जानकारी दिएको छ । जगदम्बा मोटर्सका अनुसार प्रोटोन एक्स७० अत्याधुनिक फिचर्स तथा डिजाइनका कारण एसयूभी रहेको छ । यसमा निहुरिएको आकारको फ्रन्ट बम्पर, फ्लोटिङ रुफ डिजाइन, एलईडी हेडलैम्प, पानी परेको थाहा पाउने वाइपर्सलगायत विशेषता छन् । गाडीमा स्टियरिङ ह्विल, ब्लुतुथ फोन नियन्त्रण प्रणाली, ८ इन्चको ठूलो स्क्रिन, स्मार्ट मोबाइलफोन कनेक्टिभिटी प्रणाली जडान गरिएको छ । फाइभस्टार सेफ्टी रेटिङ पाएको यो  गाडीमा ६ वेटा एयरब्याग सुविधा छ ।  

सम्बन्धित सामग्री

नेपाली बजारमा टीभीएस अपाचे आरटीआर १६० भीफोर एफआई सार्वजनिक, यस्ता छन् विशेषता

जगदम्बा मोटर्स प्रालिले टीभीएस मोटर कम्पनीद्वारा उत्पादित तथा बहुप्रतीक्षित नयाँ मोडलको मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआई बजारमा

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा नयाँ टिभिएस अपाचे आरटिआर १६० भिफोर एफआई मोटरसाइकल ल्याएको छ । कम्पनीले फ्युल इन्जेक्टेड १५९.७ सिसी इन्जिनका साथमा श्रेणीकै...

पोखरामा टिभिएस एन्टर्कराइड सम्पन्न

नेपालका लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले पोखरामा एनओजी (एन्टर्क ओनर्स ग्रुप)राइड सम्पन्न गरेको छ।...

टिभिएस रेडर सार्वजनिक

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले भरतपुरस्थित आफ्नो एक्सक्लुसिभ सोरुमबाट १२५ सिसी श्रेणी अन्तर्गत टिभिएस रेडर सार्वजनिक गरेको छ।...

यस्तो छ टिभिएसका विभिन्न बाइक र स्कुटरका मोडलको मूल्य

पछिल्लो समय टिभिएसका मोटरसाइकल र स्कुटरको लोकप्रियता बढ्दो छ। नेपालको लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा‍.लि ले विभिन्न समय नयाँ मोडलका बाइक र स्कुटरहरू नेपाल भित्र्याउने क्रम जारी छ।

टिभिएस किङ डयुरोम्याक्स प्लस सार्वजनिक

नेपालको लागि टिभिएस थ्री ह्विलरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टिभिएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ। सवारी साधनको रूपमा सञ्चालन गर्नयोग्य यो थ्री ह्विलर नेपालको लागि अत्यन्त उपयुक्त रहेको कम्पनीले जनाएको छ।...

जगदम्बा मोटर्सद्वारा ‘टिभिएस ड्युराम्याक्स प्लस’ सार्वजनिक

नेपालका लागि टिभिएस थ्री ह्विलरको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टिभिएस ड्युराम्याक्स प्लस थ्री ह्विलर सार्वजनिक गरेको छ । थ्री ह्विलर इन्डस्ट्रिजमै पहिलोपटक सबैभन्दा दमदार पावर रहेको दाबी गरिएको सवारीसाधन सार्वजनिक...

प्रोटोन एक्स ७० भर्चुअलमार्फत सार्वजनिक गर्दै जगदम्बा मोटर्स

काठमाडौं (अस) । नेपालमा मलेसियन अटोमोबाइल कम्पनी प्रोटोन गाडीको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले बहु–प्रतीक्षित मोडल प्रोटोन एक्स७० आउँदो असार १६ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । पहिला नै लञ्च तय भइसकेको यो गाडी कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण रोकिएको थियो । कम्पनीले विस्तार्रै परिस्थिति सहज भएसँगै यो गाडी नेपालमा लञ्च गर्न लागेको हो । भर्चुअल लञ्च कार्यक्रम असार १६ गते बेलुकी ४ बजेपछि प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जानकारी दिएको छ । उक्त कार्यक्रममा सहभागी बन्न प्रोटोन कार्स नेपालको फेसबुक पेजमा क्लिक गर्नुपर्नेछ । भर्चुअल लञ्च कार्यक्रममा सहभागिता जनाए कम्पनीले सहभागीलाई विभिन्न आकर्षक उपहारसमेत दिने भएको छ । प्रोटोन एक्स७० अत्याधुनिक फिचर्स तथा डिजाइनका कारण बढी मात्रामा रुचाइएको एसयूभी हो । यसको एक्स्टेरियरमा  स्यापेड, फ्रन्टबम्पर, फ्लोटिङ रुफ डिजाइन, बाघको आँखाजस्तै आकार भएको एलईडी हेडलेम्प, दिउँसै बल्ने एलईडी लाइट, पानी परेको थाहा पाउने वाइपर्सलगायतका विशेषता छन् । यसको इन्टेरियरमा छालाबाट बनेको सिट र स्टेरियरिङ ह्वील छ, जसमा रेडियो नियन्त्रण र ब्लुतुथ फोन नियन्त्रण प्रणाली समाहित छ । त्यस्तै, ८ इन्चको स्क्रिन, स्मार्ट मोबाइल फोन कनेक्टिभिटी प्रणाली, इन्टेलिजेन्ट हावा शुद्धीकरण प्रणालीलगायत सुविधा छन् ।

नेपालमा ‘प्रोटोन साँगा’को भर्चुअल लन्च गर्दै जगदम्बा मोटर्स

जगदम्बा मोटर्सले नेपाल ल्याएको मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनको सागा कार भर्चुअल प्रविधिबाट सार्वजनिक गर्ने भएको छ। नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बाले हालै भित्र्याएको ‘प्रोटोन सागा’ बुधबार भर्चुअल माध्यमबाट सार्वजनिक गर्न लागिएको जगदम्बाले जानकारी दिएको हो। भर्चुअल लञ्चको साँझ ५ बजे प्रत्यक्ष प्रसारण गरिनेसमेत जगदम्बाले जनाएको छ। कम्पनीले सन् १९८५ मा प्रोटोन सागाकै रुपमा पहिलो […]