लिबियाको समुद्री तटमा भएका डुङ्गा दुर्घटनाहरुमा मालीका कम्तीमा पनि २२ जना आप्रवासी मृत्यु भइसकेको छ । सो दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुमा तीनजना बालबालिकासमेत रहेका जनाइएको छ । उनीहरुको गत जुनको २२ तारिखदेखि आजसम्ममा भएका दुर्घटनामा परेर मृत्यु भएको हो । मालीका आप्रवासीहरु लिबियाबाट फिर्ता गर्ने क्रममा उनीहरुको निधन भएको हो । केही महिनायतादेखि आप्रवासी सम्बन्धी राष्ट्रसङ्घीय निकायको सहयोगमा लिबियामा रहेका मालीका नागरिकहरुलाई स्वदेश फर्काउन थालिएको छ ।यसरी उद्धार गरी मालीका नागरिकला