सर्लाही : जनता आवास कार्यक्रमअन्तर्गत सर्लाहीको लालबन्दीमा निर्माण भइरहेको घर वास्तविक विपन्नले नपाएको स्थानीयले गुनासो गरेका छन्।घर बनाइदिन सरकारी निकायले गठन गरेको उपभोक्ता समितिका पदाधिकारीले विपन्न र गरिबलाई भन्दा हुनेखाने र पहुँच भएकालाई घर दिएका स्थानीयले आरोप लगाएका छन्। संघीय सरकारको आर्थिक सहयोग प्रदेश सरकारले सर्लाहीमा हजार तीन सय बढी घर निर्माणका लागि बजेट विनियोजन गरेको छ। लालबन्दी नगरपालिका–२, नवलपुर पुनर्वास (डि)टोलमा विपन्न पासवान समुदायलाई जनता आवास मार्फत धमाधम घ