स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण गर्न थालेको छ । नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को अन्तिम त्रैमासिक सामाजिक सुरक्षा भत्ता लाभग्राहीको खातामा ‘इएफटी’ मार्फत सिधै वितरण गरेको हो । भत्ता पाउने लाभग्राहीको खातामा सिधै रकम पठाउने प्रक्रिया पहिलो पटक भएको नगरपालिकाका सुचना अधिकारी ज्ञानप्रसाद अर्यालले जानकारी दिनुभयो […]