२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यका लागि ९७ जनाको नाम प्रस्ताव गरे । उनले पढेको सूचीको ३२ औं नम्बरमा छोरी गंगा दाहाल र ५३ औं नम्बरमा ज्वाइँ जीवन आचार्यको नाम थियो । त्यसपछि उनले ल्याउनैपर्ने लागेको भन्दै केही केन्द्रीय प्रतिनिधिको नाम पढेर सुनाए । […]