नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले वर्तमान सत्ता गठबन्धन फुटाउन चलखेल भइरहेको दावी गरेका छन् ।
रूपन्देहीको भैरहवामा शनिबार माओवादी केन्द्र सिद्धार्थनगरको दोस्रो नगर सम्मेलन बोल्दै महराले संविधानलाई मिचेर जानेहरूले विदेशी शक्तिको प्रयोग गरेर गठबन्धन फुटाउन खोजेको बताए ।
तर, उनले विदेशी चाहिँ खुलाएनन् । महराले अहिले देशलाई नयाँ उर्जा र सन्देश दिने समय आएको उल्लेख गर्दै माओवादी विभाजित भएर होइन एक भएर लाग्नुपर्ने जनाए ।
अहिले पूर्व माओवादीबाट छुट्टिएका दल तथा नेताहरुलाई एकजुट ...