करिना कपुर खान फिल्ममा दमदार अभिनयका कारण चर्चित छिन् । कुनै बेलाको उनको जिरो फिगरको चर्चा अहिले पनि भइरहन्छ । अभिनेता सैफ अलि खानसँग विवाह गरेकी उनले गत डिसेम्बरमा छोरा तैमुर जन्माइन् । गर्भवती भएपछि उनी जिमखाना धाइरहेको तस्बिरहरू इन्टरनेटमा भाइरलजस्तै भएका थिए ।