काठमाण्डाै – सरकारले चालु आर्थिक वर्षको तीन महिनामा दुई खर्ब ३२ अर्ब रुपैयाँ आम्दानी र दुई खर्ब ७८ अर्ब रुपैयाँ खर्च गरेको छ । तीन महिनामा जम्मा पाँच प्रतिशत विकास खर्च भएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० का लागि सरकारले तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पुँजीगत बजेट अर्थात् विकास बजेट विनियोजन गरेकोमा साउन, भदौ र असोजमा जम्मा १९ अर्ब ६८ करोड ११ लाख रुपैयाँमात्रै खर्च गरेको छ । यो वर्ष साउनभित्रै कार्यविधि बनाउने, नियमावली संशोधन गर्नेलगायतका कानुनी प्रक्रिया पूरा गरेर समयमै बजेट खर्च गर्ने दाबी गरे प...