मनहरा यातायात प्रालिका अध्यक्ष कुमार खड्कालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा ४२ वर्षीय खड्कालाई काँडाघारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी सुवास बुढाथोकीले रातोपाटीलाई बताए । सवारी अंगभंग सम्बन्धी मुद्दामा खड्काको नाममा सिराहा जिल्ला अदालतले वारेन्ट जारी गरेको छ । सो वारेन्टका आधारमा इलाका प्रहरी कार्यालय लहानले काठमाडौं प्रहरीलाई पक्राउका लागी पत्राचार गरेको थियो । सिराहाको लहान नगरपालिका वडा नम्बर १० बस्ने ३४ वर्षीय दिपेन्द्र