एमालेको महाधिवेशन नारायणी किनारमा, सौराहामा बन्द सत्र हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो ।  एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी शुरुआत भएको जानकारी दिइन् । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनले बताए । ‘महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदैछौँ,’ उनले भनिन् ।  उद्घाट...

सम्बन्धित सामग्री

एमालेको महाधिवेशन २ दिन लम्बिँदा डेढ करोड खर्च बढ्यो

नेकपा एमालेको महाधिवेशन दुई दिन लम्बिँदा करिब डेढ करोड रुपैयाँ बढी खर्च भएको छ । एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म तय भए पनि तोकिएको समयमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुन नसकेपछि दुई दिन लम्बिन पुगेको थियो । १२ गते एक दिन सहमतिको प्रयास गरिँदा निर्वाचन कार्यक्रम र बन्द सत्र प्रभावित भएको थियो भने त्यसपछि निर्वाचन कार्यक्रम अघि बढाउँदा आज सम्म लाग्न पुगेको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले दुई दिन महाधिवेशन लम्बिँदा करिब १ करोड ५० लाख बढी खर्च भएको बताए । य

एमालेको महाधिवेशनस्थलमा जब गैंडा छिर्‍यो…

चितवन । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहामा जारी छ । आगामी नेतृत्व सर्वसम्मतबाट आउने कि चुनावबाट भन्नेमा अझै अन्यौलपूर्ण छ । आज आइतबार निर्वाचन हुने भनिएकोमा अझै पनि त्यसको टुंगो लागेको छैन । आइतबार दिनभरजसो एमाले अध्यक्ष केपी ओलीको पर्खाइमा महाधिवेशन प्रतिनिधि रहे । साँझपख भने एमालेको महाधिवेशन स्थलमा जिवित गैंडा आइपुग्यो […]

एमालेको महाधिवेशन अन्तर्गत बन्द सत्र अझै सुरु हुन सकेन

काठमाण्डाै - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सत्रको कार्यक्रममा ढिलाइ भएको छ । बिहान ८ बजे नै बन्दसत्रको कार्यक्रम सुरु हुने कार्यतालिका रहे पनि अहिलेसम्म बन्दसत्र सुरु हुन सकेको छैन । हिजो रातिको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य, पदाधिकारी र आयोगका सदस्य सङ्ख्या बढाउने र ९९ सय सदस्यीय पोलिटब्युरो रहने निर्णय गरेको छ । यो निर्णयलाई बन्द सत्रमा छलफल गराएर विधान संशोधन गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म बन्द सत्र नै सुरु हुन सकेको छैन । सकभर सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्नको लागि नेताहरु छलफलमा जुटे...

नारायणी किनारमा मानवसागर : फर्कनै सकस (२५ तस्बिर/भिडियो)

गणेश दुलालचितवन । नारायणी नदी किनारमा एमालेको महाधिवेशन उद्घाटन सत्र सकेर फर्किन सर्वसाधारणलाई सकस परेको छ । कार्यक्रम सकिनै लाग्दा महाधिवेशनमा सहभागि नेता कार्यकर्ताहरू कार्यक्रम स्थलबाट एकैपटक बाहिरिन खोज्दा अत्यधिक भिड् बढ्नुको साथै पेलामपेल र ठेलमठेल भएको दृश्य देखिन्थ्यो ।कार्यक्रम स्थलबाट बाहिरिने मानिसहरूको भिडका कारण पूर्व पश्चिम राजमार्गको नारायणी पुल, पुलचोक आसपास लगायतका स्थानमा सवारी जाम भएको थियो । भिडका कारण राजमार्गमा एम्बुलेन्ससमेत रोकिनु परेको थियो । कार्यक्रमका लागि विभिन्

ओलीले महाधिवेशन प्रतिनिधिहरुलाई रात्रि भोज दिने

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रि भोज दिने भएका छन् । यही मंसिर ११ गते उनले चितवनको सौराहस्थित एक होटलमा रात्रि भोज दिनेछन् । एमालेको महाधिवेशन १० गते चितवनमा उद्घाटन हुनेछ । बन्द सत्र भने सौराहास्थित सेभेनस्टार होटलमा हुनेछ । अध्यक्ष ओलीले देशभरबाट आएका १९ बढी महाधिवेशन प्रतिनिधिलाई रात्रि भोज […]

नारायणी नदी किनारमा एमालेको महाधिवेशन उद्घाटन, बन्द सत्र सौराहामा

उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको उनको भनाइ छ ।

नारायणी नदी किनारमा एमालेको महाधिवेशन उद्घाटन, बन्द सत्र सौराहामा

उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको उनको भनाइ छ ।