काँग्रेस महाधिवेशन : ६ बुँदे आचारसंहिता जारी, मतदानस्थलमा मोबाइल निषेध

नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ । काँग्रेस निर्वाचन समितिले उम्मेदवार रहने केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरूको लागि आचारसंहिता लागू गरेको हो । जसअनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपील विवरणमा गर्न सकिनेछ । तर कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्नेगरी प्रचार-प्रसार गर्न रोक लगाइएको छ । यस्तै भृकुटीमण्डपस्थित महाधिवेशनस्थल अरपर ५०० मिटर क्षे

सम्बन्धित सामग्री

सोलुखुम्बुमा सप्तरीका अशोक झाले जिते काँग्रेस महाधिवेशन प्रतिनिधि

नेपाली काँग्रेसमा गुटगत प्रतिशोधका कारण आमन्त्रित केन्द्रीय सदस्यदेखि वर्तमान जिल्ला सभापतिसम्म महाधिवेशन प्रतिनिधिमा पराजित भइरहेका छन् । तर हिमाली सोलुखुम्बु जिल्ला भने मधेसी मुलका अशोक झा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।हिमाली जिल्लाबाट काँग्रेस महाधिवेशन प्रतिनिधि चुनिने मधेशी समुदायका अशोक एकलो हुन् । उनी अल्पसंख्यक तर्फबाट कान्छीराज थुलुङलाई पराजित गरेर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । अशोकको परिवार ०३८ सालतिर सप्तरीको छिन्नामस्ता गाउँपालिकाबाट सोलुखुम्बु गएकाे थियो । अश

काँग्रेस महाधिवेशन कार्यक्रम सार्वजनिक

नेपाली काँग्रेसले महाधिवेशन कार्यक्रम तय गरेकाे छ । काँग्रेस महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु हुने भएकाे छ । काँग्रेस निर्वाचन समितिले तयार गरेको कार्यक्रमअनुसार  २१ गते मतदाता नामावली(महाधिवेशन प्रतिनिधिकाे सूची) प्रकाशन काँग्रेस हुने छ । २२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीकाे कार्यक्रम र मतदाता नामावलीकाे अन्तिम सूची सार्वजनिक गरिने छ । २३ गते उम्मेदवारी मनाेनयनकाे कार्यक्रम छ । यस्तै मंसिर २४ गते महाधिवेशन उद्घाटन गरिने छ भने २५ गते मतदान हुने । यसैगरी २६ गते मत गणना

यसकारण सर्दैछ काँग्रेस महाधिवेशन

काठमाडौं, ८ असोज । नेपाली काँग्रेसको महाधिवेशन मंसिरमा नहुने निश्चितप्रायः भएको छ । १३ जिल्लाका वडा तहको अधिवेशन क्रियाशील सदस्यताको विवादले अन्यौलमा परेपछि महाधिवेशन सर्ने अवस्था बनेको हो । सभापति शेरबहादुर देउवाले पनि महाधिवेशन सार्नेबारे छलफल बढाउन लगाएका छन् । त्यसै बमोजिम महामन्त्री पूर्णबहादुर खड्काले विषय छलफलमा राखेको बुझिएको छ । काँग्रेसको ६४ जिल्लाको वडा […]

काँग्रेस महाधिवेशन मंसिरमा हुनेमा आशंका

काठमाडौं, ७ असोज । नेपाली काँग्रेसको १४औं महाधिवेशन मंसिरमा हुनेमा आशंका बढेको छ । पटक पटक मिति सरेर मंसिर ९ देखि १३ सम्म गर्ने तय भएपनि तल्लो इकाईका अधिवेशनहरु सबै हुन नसक्नु र तालिका परिवर्तन भइरहनुले आशंका बढेको हो । यसअघि भदौ १६ देखि १९ सम्म हुन नसक्ने देखिएपछि नयाँ महाधिवेशनको नयाँ मिति तोकिएको हो […]

काँग्रेस महाधिवेशन: सर्लाहीमा पुरानै प्रतिस्पर्धी

प्रकाश मैनाली सर्लाही । देशकै लोकतान्त्रिक पार्टी नेपाली कांँग्रेसको महाधिबेशन नजिकिएसँगै जिल्लामा समेत यसको चहल पहल सुरु भएको छ । सर्लाहीमा अहिलेसम्म क्रियासील सदस्यको नामावली प्रकाशन नभएकाले औपचारिक रुपमा वडा भेला सुरु भएको छैन । औपचारिक रुपमा महाधिवेशन सुरु नभएपनि जिल्लामा चहल पहल भने सुरु भैसकेको छ । जिल्लामा अधिवेशन गर्न अहिलेसम्म पनि केन्द्रबाट निर्वाचन […]

काँग्रेस महाधिवेशन सर्ने

काठमाडौं, १५ साउन । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति सर्ने भएको छ । काँग्रेसभित्र मिति सार्नेबारे आन्तरिक छलफल चलिसकेको छ । विश्वस्त स्रोतका अनुसार मंसिरमा गर्ने गरी महाधिवेशन सार्ने तयारी भएको छ । महाधिवेशनका लागि वडा तहकै अधिवेशन निर्धारित समयमा नभएपछि सार्ने तयारी भएको हो । काँग्रेसको महाधिवेशन भदौभित्र नभए निर्वाचन आयोगमा निर्वाचनका बखत दल […]

काँग्रेस महाधिवेशन सर्ने निश्चितप्रायः

काठमाडौं, १० साउन । नेपाली काँग्रेसको १४औं महाधिवेशन भदौंमा हुने सम्भावना कमजोर हुँदै गएको छ । वडा अधिवेशन स्थगित गरिएसँगै भदौमा महाधिवेशन हुने सम्भावना कमजोर बनेको हो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशन सर्न सक्ने संकेत गरेका छन् । नेपाली रेडियो नेटवर्कमा ऋषि धमलासँग कुरा गर्दै उनले निर्धारित समयमा महाधिवेशन नभएपछि पार्टी अरुले दर्ता गर्न […]

काँग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुने

काठमाडौं, २९ जेठ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौको १६ देखि १९ सम्म काठमाडौंमा हुने भएको छ । आज सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशन केही दिन पछि सार्ने निर्णय गरेको हो । यसअघि काँग्रेस महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको थियो । काँग्रेसको क्रियाशील सदस्यता […]

काँग्रेस महाधिवेशन सार्न देउवालाई ओलीको साथ

काठमाडौं, १३ वैशाख । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फेरि सर्ने भएको छ । क्रियाशील सदस्यता वितरणमै अल्झिएर महाधिवेशनसम्बन्धी कार्यतालिका सर्दै गएपछि महाधिवेशन सर्ने निश्चितप्रायः भएको हो । महाधिवेशन सार्ने पक्षमा काँग्रेस सभापति शेरबहादुर देउवा आफै देखिएका छन् । उनले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ खोजेका छन् । काँग्रेस महाधिवेशन अबको केही महिनामा […]