नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले लघुबित्तका कारण सयौँ परिवारको उठिबास लागेको र झण्डै ४० जनाले आत्महत्या गरेका समाचारहरू आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले मानव सेवा र विकासका नाममा ठगी र अपराधिक गतिविधि गर्ने जो कोहीमाथि पनि कडा अनुसन्धान र कारबाही हुनुपर्ने बताए ।