देउवा नेतृत्वको गठबन्धन सरकारले आज एक वर्षको कार्यकाल पुरा गरेको छ । संविधान रक्षाको आवश्यकता एक वर्ष अगाडि किन महसुस गरियो ? साँच्चिकै एक वर्षको कार्यकालमा देउवा नेतृत्वको सरकारले संविधान जोगाएकै हो त ? नेपालको आन्तरिक राजनीतिमा सम्भ्रान्तवर्ग विचको राजनीतिक दाउपेच र टकराव यति धेरै जेलिएको यो पहिलो घटना थिएन । सन् १८१६ को सुगौली सन्धिपश्चात पटक पटक यसखाले टकराव हुनुलाई राजनीतिक ‘टर्निङ्ग प्वाइन्ट’को रुपमा उपयोग केही शक्तिले इतिहासमा गरे ।राणा जहानियाँ शासन, वहुदलीय प्रजातन्त्रको स्थ