एन्फा प्रेसिडेन्ट लिग चैत २ देखि १५ गतेसम्म नेपालगन्जमा हुने

२४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा एन्फा प्रेसिडेन्ट लिग आगामी चैतमा हुने भएको हो । एन्फाले आइतबार प्रेसिडेन्ट लिगको खेल तालिका सार्वजिक गर्दै लिग चैत २ देखि १५ गतेसम्म नेपालगन्जमा हुने जनाएको छ । प्रेसिडेन्ट लिगमा सात प्रदेशका च्याम्पियन टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । लिगमा प्रदेश १ को विजेता झापाको सैनिक फुटबल […]

सम्बन्धित सामग्री

लमजुङको त्रिवेणी विजयी

लमजुङको त्रिवेणी युवा क्लबले नेपालगन्जमा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबलमा जुम्लाको लेकाली युवा क्लबलाई २–१ ले पराजित गरेको छ । आइतबार भएको खेलको अन्तिम मिनेटमा सन्तबहादुर गुरुङले गोल गरेपछि त्रिवेणीले खेल जित्दै ३ अंक जोडेको हो । त्रिवेणीले दोस्रो खेल जित्दै ६ अंक बटुलेको छ ।

रेफ्रीको गल्तीले पराजय भोग्नु परेको भन्दै एन्फामा उजुरी

नेपालगन्ज। नेपालगन्जमा जारी प्रदेशस्तरीय एन्फा प्रेसिडेन्ट लिग प्रतियोगितामा रेफ्रीको गलत निर्णयले पराजय भोग्नु परेको भन्दै एन्फामा उजुरी परेको छ।

प्रेसिडेन्ट लिग : सुदूरपश्चिमको विजयी सुरुआत

नेपालगन्जमा सोमबारदेखि सुरु भएको एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगितामा सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले विजयी सुरुआत गरेको छ ।

नेपालगन्जमा सोमबारदेखि एन्फा प्रेसिडेन्ट लिग हुने

नेपालगन्ज रंगशालामा सोमबारदेखि एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा सातवटा प्रदेशका लिग च्याम्पियन टोलीबीच पहिलो पटक नेपालगन्ज रंगशालामा प्रतिस्पर्धा हुने भएको हो ।प्रतियोगिताका बारेमा जानकारी दिन एन्फाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबलमा सहभागी गराउने उद्देश्यले नेपालगन्जमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ आयोजना गरिएको एन्फा केन्द्रीय […]