राष्ट्र बैंकद्वारा १७९ वित्तीय संस्थाको लाइसेन्स खारेज

मर्जर तथा एक्विजिसनका कारणले मात्र गत असोजसम्म राष्ट्र बैंकले १ सय ७९ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको छ । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले करिव एक दशक अघि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली जारी गरेको थियो ।