कहिलेकाही कतिपय व्यक्ति भूतको डर मान्छन् । राति डराउने व्यक्ति पनि दिउँसो निर्धक्क हिँडडुल गर्छन् । तर भारतको मध्यप्रदेशस्थित छतरपुर जिल्लाको एक गाउँ भूतको डरले पूरै खाली भएको छ ।
भूतको डर राति मात्रै होइन, दिउँसै र गाउँभर फैलिएपछि मान्छेहरू गाउँ छाडेर पयालन भएका छन् ।
छतरपुर जिल्ला सदरमुकामबाट लगभग ४० किलोमिटर टाढा रहेकोे चौका गाउँ यतिबेला खन्डहर बनेको छ । १५ वर्षअघि खुब चहलचहल हुने गाउँ अहिले सुनसान छ ।
भूतको डर फैलिएको पछिल्लो समय गाउँमा अनिष्ट हुने, मान्छे बिरामी हुने र मृत्यु समेत हुने गरेकाले गाउँ छाड्...