नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग राख्ने भएको छ । सोमबार नेकपा एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम कमिटीले पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग पार्टी नेतृत्वसँग राख्ने जनाएको हो ।प्रदेशमा आफ्नो दल नै सबैभन्दा ठुलो रहेकाले सरकारको नेतृत्व आफ्नै पार्टीले गर्न पाउनुपर्ने माग पार्टी नेतृत्वसँग राख्ने निर्णय गरेको सो पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रवक्ता दुर्गा विकले बताइन् ।उनले भनिन्, ‘गठबन्धन हामी तोड्दैन