मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सहसचिवहरूको सरूवा तथा पदस्थापन गर्ने निर्णय गरेसँगै नारायणप्रसाद रिसाल र गोकुल बाँस्तोला अर्थ मन्त्रालयमा सरूवा गरेको हो।
काठमाडौँ, ४ असोज । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ । जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई ध्यान दिएर अहिलेको आवश्यकताअनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको मन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ । मन्त्रालयले गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का […]
काठमाडौ, ४ असोज । श्री बौद्धनाथ मेलम्ची घ्याङ्ग गुठी, श्री बौद्धनाथ महाचैत्यमा अनादिकालदेखि प्रज्वलित अखण्डदीप निभेकोमा अखण्डदीप विधिपूर्वक बाल्न रोकेर बौद्धनाथ मेलम्ची घ्याङ्ग गुठी, व्यवस्थापन समितिसँग आबद्ध व्यक्तिहरुले अर्कै नक्कली अखण्डदीप खडा गरिएको बताइएको छ । गुठीका मुख्य धर्म गुरु चिनियाँ लामा भुपति बज्र लामाका अनुसार सो स्थानमा भक्तहरुले बाल्ने गरेको दीपलाई नै अखण्डदीप भनी […]
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरणलाई प्रविधि विस्तार र सरकारी सेवा आधुनिकीकरणमा मात्र सीमित गर्न नहुने बताएका छन् । उनले डिजिटल रूपान्तरणलाई शासन प्रणाली, विकास र राष्ट्र निर्माणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका छन् । आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’लाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सामान्य अवस्थामा मात्र […]
४ असोज, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोज शर्मा चीन प्रस्थान गरेका छन्। चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीको कार्यक्रममा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
उनको टोलीमा सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल …