घोराही उपमहानगरपालिका–१५ का ६२ वर्षीय टुर्नबहादुर बस्नेतलाई कोरोना संक्रमण भएपछि अक्सिजनको मात्रा बिस्तारै घट्न थाल्यो । उनी वैशाख १ गते कोरोना विशेष अस्पताल बेलझुन्डीमा भर्ना भए ।
काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या तीव्र रुपमा बृद्धि भइरहेको छ। संक्रमितहरुको संख्या बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव अस्पतालहरुमा देखिएको छ।
क्षमताभन्दा बढी बिरामी आएपछि अस्पतालमा बेड पाउनै पनि निकै मुस्किल छ। त्यसकारण अस्पतालहरुमा बाहिरै बेड राखेर उपचार गरिएका दृश्यहरु पनि देखिएका छन्।
कोरोना संक्रमितको उपचारको क्रममा अक्सिजन निकै…
२० वैशाख, धनगढी । वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पताल भर्ना भएका पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी दम्पतीले अक्सिजन नपाउँदा उपचारमा समस्या भोग्नुपर्यो । उनले धनगढीकै सारथी अस्पतालबाट १० हजार रुपैयाँ धरौटी राखेर एक सिलिन्डर अक्सिजनको जोहो गरेको सुनाए । सेती अस्पतालमा अक्सिजनको चरम अभाव सिर्जना भइसकेकाले जोहो गर्न सम्बन्धित […]
एजेन्सी। भारतमा कोरोना संक्रमण अनियन्त्रित बन्न थालेपछि मृत्यु भएका मानिसको शव जलाउने ठाउँ पाउनै मुस्किल हुन थालेको छ। कानपुर लगायतका स्थानमा शव जलाउने स्थानको अभाव हुँदा मानिसहरु लामो लाइन लाग्न थालेका हुन्। भारतमा तीव्र बनेको संक्रमणलाई लिएर अवस्था थप भयावह बन्न सक्ने अमेरिकाका महामारी विशेषज्ञ डा. एन्थोनी फाउचीले बताएका छन्। त्यहाँ अक्सिजन अभावका कारण कोरोनाका बिरामीको मृत्यु हुन थालेको छ।