सुर्खेत : कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकायाले सुर्खेतस्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गरेका छन्।बिहीबार बिहान कार्यालय समयमा मन्त्रालयको सानो टोली लिएर यातायात कार्यालय पुगेका मन्त्री रोकायाले सेवाग्राहीलाई आफ्नो परिचय नदिईकनै सेवाको गुणस्तर र भोग्नुपरेको समस्याबारे जानकारी लिएका थिए। मन्त्री रोकाया यातायात कार्यालय पुग्दा सेवाग्राहीको बाक्लै उपस्थिति थियो। कर्मचारीहरू आफ्नै सुरमा काम गरिरहेका थिए। त्यस अवसरमा मन्त्री रोकाया आफैँ विभि