यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्रीको निर्देशन

काठमाडौं । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् । बिहीवार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै उनले बिचौलियाको प्रवेश रोक्नुपर्ने बताएका हुन् । यातायात क्षेत्रको सुधारका लागि व्यावहारिक मात्रै नभई कानुनी कामलाई पनि अघि बढाएर लैजाने उनको भनाइ छ । मन्त्री दाहालले...