काठमाडौँ – निर्वाचनको समयमा हुने आर्थिक गतिविधिहरुले मुलुकको अर्थतन्त्रमा समेत दुई प्रतिशतसम्म आर्थिक वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ। विगतमा पनि नेपालमा निर्वाचनताका हुने आर्थिक गतिविधिले अर्थतन्त्रलाई चलायमान बनाएको देखिन्छ। निर्वाचनको बेलामा राजनीतिक दलका उम्मेद्वारहरुले निर्वाचन जित्नको लागि आत्याधिक खर्चिने गर्दछन्। निर्वाचनमा प्रयोग हुने खाद्य सामग्री र सवारी साधनमा खर्च गर्दा आर्थिक गतिविधि चलायमान बन्छ। […]