एउटै नर्सरीबाट ३० हजार ईडिमेलका बिरुवा उत्पादन गर्न किसान सफल हुनु भएको छ । आम्दानीको श्रोत नर्सरीका उक्त बिरुवाबाट कलमी गरेर स्याउको बोट उत्पादन गर्न नर्सरीमा ती बिरुवा उत्पादन गरिएका हुन ।
सिमकोट गाउँपालिका– ४ को हिल्दुम गाउँका अगुवा किसान जंग बहादुर शाहीले गत वर्ष स्थापना गरिएको नर्सरीबाट हालसम्मकै बढी बिरुवा उत्पादन भएको जानकारी दिनभुयो । जिल्ला बाहिरबाट स्याउका बिरुवा खरिद गरेर ल्याई रहेको बेला उहाँले हुम्लामै स्याउका बिरुवा तयार गर्नका लागि ईडिमेलको नर्सरी स्थापना गर्नु भएको हो ।